
दाङ । घोराही उपमहानगरपालिका–१७ गैरागाउँका ठाकुरप्रसाद चौधरीको मुख्य पेसा बङ्गुरपालन हो । उहाँले यो व्यवसाय गरेको पनि १२ वर्ष भइसक्यो । स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि पेसामा बङ्गुरपालन रोजेको उहाँ बताउनुहुन्छ । उमेरले ३५ वर्ष पुग्नुभएका ठाकुरले रमन बङ्गुर तथा कृषि फर्ममार्फत व्यवसाय गर्दै आउनुभएको छ ।
रोजगारीका लागि ठूलो लगानीमा विदेश गएर अर्काको देशमा पसिना बगाउनुभन्दा स्वदेशमै आत्मनिर्भर बन्नका लागि व्यवसाय गर्दै आएको र आम्दानी पनि राम्रो हुँदै गएको उहाँले बताउनुभयो । ‘ठूलो लगानी गरेर विदेसिनुभन्दा सोही खर्चमा मेहनत गरे राम्रो आम्दानी हुन्छ’ उहाँले भन्नुभयोे– ‘पैसा पनि राम्रो कमाइने र आफैँ मालिक पनि बन्न सकिन्छ ।’
उहाँको फार्ममा अहिले साना ठूला गरेर ९० बङ्गुर रहेका छन् । करिब ५० साना पाठापाठी, ठूला माउ र बेलन ४० छन् । एक वर्षसम्म पहिले बजारीकरणमा केही समस्या भए पनि अहिले भने विस्तारै सहज हुँदै गएको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयोे– ‘मेरो आफ्नै पसल पनि रहेको छ, ठूला बङ्गुरलाई पसलमै काटेर मासु बेच्ने गरेको र साना पाठापाठीलाई एक महिना पुगेपछि बेच्दै आएको छु, जसका कारण बजारीकरणको त्यति समस्या भएको छैन् । किसान ठाकुरले पाठापाठीलाई रु पाँच हजारका दरले बिक्री पनि गर्दै आउनुभएको छ ।
मासु भने उहाँले ३ सय ८० किलोका दरले दैनिक ८० देखि एक सय २० किलो बिक्री गर्दै आएको बताउनुहुन्छ । बङ्गुरपालन व्यवसायबाट उहाँले वार्षिक ६÷७ लाख रुपैयाँ बचत गर्न सफल भएको बताउनुभयो ।
सुरुमा घोराहीमा रहेको ग्रामीण महिला उत्थान केन्द्रबाट ५० हजार ऋण लिएर १० वटा पाठापाठीबाट शुरु गरेको व्यवसायले सोचेभन्दा राम्रो प्रतिफल दिँदै गएको उहाँको भनाइ छ । उहाँले फार्ममा र पसलमा गरेर दुई स्थानीय युवालाई रोजगारी समेत दिनुभएको छ ।
उहाँले व्यवसायका लागि १८ कठ्ठा जग्गा भाडामा लिएको र त्यसको भाडा वाषिक १ लाख तिर्ने गरेको बताउनुभयो । विभिन्न समयमा बङ्गुरमा लाग्ने रोगका कारण किसानलाई समस्या पर्ने भए पनि यस व्यवसायको सम्भावना आगामी दिनमा राम्रो रहेको उहाँको अनुभव छ । अन्य कुनै रोजगार नभएकाले यसैलाई निरन्तरता दिँदै जाने उहाँ बताउनुहुन्छ ।
कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाएका किसानलाई राज्यले पनि विभिन्न सहयोगका कार्यक्रम ल्यायो भने अझ सहज हुने उहाँको भनाइ छ । अन्य युवालाई पनि धेरै रकम खर्चेर विदेश जानुभन्दा स्वदेशमै कुनै पनि व्यवसायमा जोडिएर जीविकोपार्जन गर्न उहाँ आग्रह गर्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन