
सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडित परिवारको शौचालय तथा ट्युबेलको पुनःनिर्माण गरिएको छ ।
युनिसेफ नेपालको सहयोग एवं छाया नेपालको सहकार्यमा सबल नेपालको आयोजनामा आंशिक तथा पूर्ण रुपमा क्षति भएका १५ शौचालय मर्मत तथा पुनःनिर्माण गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय पालिका, वडा तथा गैससको संयुक्त बैठकले शौचालय तथा खानेपानी पुनःनिर्माणको कार्यमा सबल नेपालले सहयोग गर्ने सहमति भएअनुसार चिम्टीका अग्निपीडित परिवारका लागि शौचालय तथा टयुबेलको पुनःनिर्माण सम्पन्न गरिएको सबल नेपालका सिनियर म्यानेजर अशोककुमार साहले राससलाई जानकारी दिनुभयो ।
शौचालयको सेफ्टी ट्याङ्कीको सरसफाइ तथा रिङ भएका शौचालयको रिङ समेत सफाइ गरिएको जानकारी दिँदै सात हातेकलको मर्मत तथा प्लेटफर्म निर्माण गरिनुका साथै एक स्नान घर र एक÷एक महिला–पुरुषका लागि छुट्टाछुट्टै अस्थायी शौचालय समेत निर्माण गरिएको उहाँले बताउनुभयो ।
सबलले नेपालका वास डिआरआर फोकल पर्सन परमेश्वर झाले आगलागीमा क्षति भएका सार्वजनिक शौचालयमा धारा, मोटर एवं हात धुने वेसिन जडान गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
आगलागीमा परेर जलेर नष्ट भएका शौचालयको छाना, ढोका, प्यान तथा अन्य सामग्री नयाँ लगाइएको तथा जलेका टयुबेलका पाइप तथा अन्य सामान नयाँ लगाइ सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । बस्तीमा गत वैशाख १८ गते भएको भीषण आगलागीमा ६४ परिवारका करिब १ सय १४ घर जलेका छन् ।
निजी खर्चमा विपन्न बस्तीमा ट्युबेल जडान
एक समाजसेवीले आफ्नै खर्चमा विपन्न समुदायलाई खानेपानीका लागि ट्युबेल जडान गरी उदाहरणीय कार्य गरेको छ । सप्तरीको रुपनी गाउँपालिका–२ लौआपार बस्तीका विपन्न समुदायलाई खानेपानीका लागि ट्युबेल जडान गरिएको छ । करिब ३ सय विपन्न परिवारलाई लक्षित गरी सोही पालिकाको वडा नम्बर ६ वीरेन्द्र बजार निवासी ४० वर्षीय समाजसेवी रञ्जीत भगतले आफ्नो निजी खर्चमा ट्युबेल जडान गर्नुभएको हो ।
बस्तीमा ट्युबेल नहुँदा खानेपानी र सरसफाइ लगायतका काममा निकै समस्या हुने गरेको खबर पाएपछि आफूले सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले ट्युबेल जडानको सम्पूर्ण खर्चका साथै त्यस स्थानमा नुहाउन, लुगा धुन र भाँडा धुने सुविधाका लागि स्ल्याब समेत निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन