
झापा । झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ ।
गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा हासिल गरिरहेका दलित समुदायका ती विद्यार्थीको उच्च शिक्षा अध्ययनमा निरन्तरताका लागि छात्रवृत्ति बापत ३ लाख वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि त्यो कार्यक्रम सञ्चालनमा ल्याइएको जनाइएको छ ।
गाउँपालिकाको शिक्षा शाखाको वार्षिक चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरूले अध्ययन गरिरहेको विषय र शिक्षण संस्थाको शुल्कका आधारमा जनही १७ हजारदेखि अधिकतम ५० हजार रुपैयाँसम्म छात्रवृत्ति रकम प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सो छात्रवृत्ति रकम सम्बन्धित विद्यार्थीलाई हस्तान्तरण गर्दै कमलवासी विद्यार्थीको शिक्षा प्राप्तिको चाहनामा आर्थिक अभावले कुनै बाधा नहोस् भन्ने उद्देश्य राखेर सो रकम प्रदान गरिएको बताउनुभयो ।
उहाँले शिक्षाको माध्यमबाट मात्रै समग्र कमलवासीको भविष्य उज्यालो हुने भएकाले राज्यको मूल प्रवाहमा आउन नसकेका, दलित, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका नागरिकलाई सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याइएको बताउनुभयो ।
आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई प्राथमिकताका साथ निरन्रता दिइने उहाँको भनाइ छ । छात्रवृत्तिबापतको रकमले आफूलाई थप उच्च शिक्षा अध्ययन गर्न हौसलासमेत मिलेको र उच्च शिक्षा अध्ययन गर्न सहयोग पुग्ने कमल–१ घर भई हाल जनता बहुमुखी क्याम्पस इटहरीमा अध्ययनरत छात्रा कविता दमाइले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन