
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी गाउँ सडक सञ्जालमा जोडिएको छ । अन्नपूर्ण गाउँपालिकाले नारच्याङको बेँसी गाउँबाट छेम्दी जोड्ने सडक निर्माण गरेपछि सडक सञ्जाल विस्तार भएको हो ।
अन्नपूर्ण–४ नारच्याङका कार्यवाहक वडाध्यक्ष भीमबहादुर शेरपुञ्जाले बेँसी गाउँबाट छेम्दी जोड्ने तीन किलोमिटर सडक निर्माण भएपछि करिब ५० घरधुरी लाभान्वित भएका बताउनुभयो ।
‘प्रशस्त मात्रामा सुन्तला, सिमी र आलुखेती हुने छेम्दी गाउँमा सडक पुगेपछि स्थानीयलाई आवतजावतका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ’ उहाँले भन्नुभयो– ‘गाउँमा यातायात सुविधा पुगेसँगै स्थानीयको दैनिकी र जीवनशैलीमा परिवर्तन आएको छ ।’
सडक निर्माणसँगै किसानले फलफूल, तरकारी लगायत कृषि उत्पादन बिक्रीका लागि बोकेर नारच्याङ बेँसी गाउँसम्म लैजानुपर्ने बाध्यता हटेको छ । सडक निर्माण गर्न गत माघ २८ गते रुप्से बिल्डर्स प्रालीसँग ५३ लाख ३४ हजार ३ सय ४१ मा ठेक्का सम्झौता भएको थियो ।
गत जेठ ३२ गतेसम्म ठेक्काको म्याद भए पनि निर्माण कम्पनीले निर्धारित मिति पहिला नै काम सम्पन्न गरेको गाउँपालिकाका सबइञ्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो ।
सबै बस्तीमा सडक पु-याउने लक्ष्यअनुसार छेम्दीमा सञ्जाल विस्तार गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । त्यो सडकको ग्रेड तथा घुम्ती सुधार, नाली र पर्खाल निर्माण गरी थप स्तरोन्नतिमा प्राथमिकता दिइने उहाँको भनाइ छ ।
८ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकाको सबैजसो बस्तीमा सडक पुगेको छ । सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिँदै आएको अध्यक्ष पुनले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन