
काभ्रे । अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुपर्यो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि ‘ट्राफिक–जाम’ हुँदा राजमार्गमा काठमाडौँबाट सिन्धुपाल्चोक, दोलखा र रामेछापसम्म पुग्ने लगायत आकस्मिक यातायातका साधन रोकिएका हुन् ।
चार किलोमिटर लम्बाइको सो सडकखण्डको ३२ किलो भन्ने स्थानमा माथिबाट लेदो बग्दा सडक अवरुद्ध हुँदा आवागमनमा कठिनाइ भएको हो । लेदो पन्छाएर एकतर्फी रुपमा सवारी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सूर्य सेढाइँले जानकारी दिनुभएको छ । समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । निर्माणाधीन सडकखण्डको समयसीमा २०८० चैत १९ गते सकिएपछि केही महिना समय थपेर पुनः निर्माणको काम थालिएको हो ।
पाँचखालबाट सार्वजनिक यातायातमा बनेपा आउनुभएका केदार ढुङ्गानाले करिब दुई घण्टा सडकजाममा परेको गुनासो गर्नुभयोे । ‘त्यो सडकखण्ड निर्माणको काम छिटो नसकिए वर्षामा यो बाटोमा निकै गाह्रो हुन्छ’ उहाँले भन्नुभयो । यस्तै राजमार्गमा चल्ने दुईपाङ्ग्रे सवारीका साधनलाई सो खडकखण्ड पार गर्न निकै हम्मेहम्मे पर्दछ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । सडकखण्ड निर्माणलाई तीव्रता दिन गत जेठ महिनामा दुईपटक करिब एक साता राजमार्ग बन्द गरिएको थियो । त्यस सडकखण्ड पक्की बनाउन हाल धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम शुरु भएको छ भने अन्य स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम भइरहेको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर मेघराज मरासिनीले निर्माणको कामलाई तीव्रता दिन कार्यालयले ताकेता गरिरहेको बताउनुभयो ।
त्यो सडकखण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिनामा सम्पन्न गर्नेगरी २० करोड १९ लाख ४६ हजार ५ सय १ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । समयसीमासम्म २० प्रतिशत मात्रै काम भएको मात्रै डिभिजन कार्यालयले जनाउँदै आएको छ । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो ।
त्यो सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई दृष्टिगत गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको छ । अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी पुग्ने यही सडक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन