
धनुषा । जनकपुरधाममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको उत्थानमा क्रियाशील मैथिली विकास कोषको सङ्ग्रहालयसहित भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार जनकपुरधाम–८ मा रहेका विहारकुण्डको पश्चिमपट्टि भवन निर्माण पूरा हुने क्रममा छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधामको संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भवन निर्माण सुरु गरिएको थियो । अध्यक्ष चौधरीले भन्नुहुन्छ– ‘भवनमा सङ्ग्रहालय स्थापना भएपछि यो पर्यटकहरुका लागि पनि गन्तव्य बन्नेमा विश्वास लिएका छौँ ।’
मधेस प्रदेश सरकारको रु सात करोड लगानीमा निर्माण भएको चारतले भवनमा सङ्ग्रहालय, तीन सयजना अटाउने सभाहल तथा नाटक घर, पुस्तकालय, स्टुडियोसहितका सुविधा रहनेछन् । जनकपुरधामको सीताकुण्डको जग्गा भाडामा लिएर भवन निर्माण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन