
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका प्रतिनिधिसभाको रोष्ट्रमममै च्यात्नुभएको छ । राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभामा मंगलबार भएको मन्त्रालयगत बजेटमाथिको छलफलमा बजेट पुस्तिका च्यात्नुभएको हो ।
अध्यक्ष लिङ्देनले आफू कम रिसाउने र कम आक्रोश पोख्ने व्यक्ति भएको भनाई राख्दै बजेट पुस्तिका च्यात्नुभएको हो । ‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु’ उहाँले भन्नुभयो– तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याएर यहाँ (पोडियम) राख्छु मैले ।’
राप्रपाका अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यात्दा नेपाली कांग्रेस लगायत विपक्षी दलका सांसदहरुले टेबुल ठोकेर त्यसको समर्थन गरे ।
अध्यक्ष लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा आक्रोश आफूमा मात्रै नरहेको बताउनुभयो । ‘यो मेरो मात्रै मनको कुरा होइन’ उहाँले भन्नुभयो– ‘अहिले त्यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र रहेका जुनसुकै पार्टीको भएपनि चार वटा निर्वाचन क्षेत्रदेखि बाहेकको सबै प्रतिनिधिसभा सदस्यहरुको मनको कुरा हो ।’
अध्यक्ष लिङ्देनले सामान्य लाज पनि नराखेर राज्य स्रोतमाथि मनपरी भइरहेको उल्लेख गर्नुभयो । ‘यो कति दिन सहेर बस्ने हो ? उहाँले भन्नुभयो– ‘राज्यस्रोतमाथि यस प्रकारको मनपरी कति दिन मानिहसरुले सहेर बस्ने हो ? सामान्य लाज पनि नराख्ने यो पढिने देखिने चिज हो भन्ने कुरा पनि नराख्ने ?’
मन्त्रीको गोजीबाट निस्कने चिर्कटोबाट योजना पर्ने प्रवृत्तिले वर्तमान व्यवस्था माथि नै संकट पैदा गर्दै लगेको उहाँको भनाई छ । ‘यो व्यवस्था, यो राज्य प्रणाली काम लाग्दैन भनेर हामीले भनिराखेका छौँ’ उहाँले भन्नुभयो– यसलाई पुष्टि गर्नुभएको छ । यसलाई चाँडो भत्काउन आफैं सहयोगी बनुभएको छ ।’
अध्यक्ष लिङ्देनले आफूहरु जनताको मत लिएर आएको उल्लेख गर्दै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई सोध्नुभयो – ‘कसैको क्षेत्रमा तपाईंको मन्त्रालयबाट एउटा पनि योजना पर्नु नपर्ने, एउटा निर्वाचन क्षेत्रमा अर्बौं पर्नुपर्ने के कारण हो ? कुन विधि कुन तरिकाले हो ? यो कुरा भन्नुपर्यो, थाहा दिनुपर्यो ।’
मन्त्री महासेठले बजेट बनाउँदा विधि भत्काएको उहाँको भनाई छ । ‘अर्कोले पनि मन्त्री बन्न ढुकेर बस्नुपर्यो । बनेपछि त्यसै गर्नुपर्यो । तपाईंले देशमा विधि भत्काउने काम गर्नुभएको छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन