
पोखरा । गण्डकी प्रदेशसभाका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को चुनाव चिह्नबाट प्रदेश सांसद बन्नुभएका देवकोटाले पार्टीको निर्देशन विपरीत नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेपछि पदमुक्त हुनुभएको हो । गण्डकी प्रदेशसभाको आजको बैठकमा सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको सूचना प्रदेशसभामा जानकारी गराउनुभएको छ ।
नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिई प्रदेशसभा सदस्यमा विजयी बन्नुभएको हो ।
उहाँले माओवादी केन्द्र संसदीय दलको ह्वीप उल्लङ्घन गर्दै जेठ २८ गते प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिनुभएको थियो । ह्वीप उल्लङ्घन गरेको भन्दै माओवादी केन्द्र उहाँलाई कारबाही गरी सभामुखलाई पत्र दिएको थियो ।
विश्वासको मत पाएको भोलिपल्ट नै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई ऊर्जामन्त्री नियुक्त गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन