
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलनमा संचारकर्मीको प्रश्न नै नसुनी बाहिरिनुभएको छ । गृह मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री लामिछाने संचारकर्मीले सोधेको प्रश्नको जवाफ नदिइ बाहिरिनुभएको हो ।
सम्मेलनको शुरुमा गृहमन्त्री लामिछानेले पत्रकारहरुलाई निर्मम प्रश्न गर्न आग्रह गर्नुभएको थियो तर कार्यक्रमको अन्त्यमा संचारकर्मीको एउटा पनि प्रश्न नसुनी हलबाट बाहिरिनुभएको हो । गृहमन्त्री लामिछाने कार्यक्रममा सरसर्ती आफ्नो भनाइ राखेर पत्रकारले सोधेको प्रश्नको जवाफ नदिइ हिड्नुभएको हो । ‘यहाँहरूले निरन्तर हाम्रा कुरा, काम सार्वजनिक गरिदिएर नागरिककहाँ पुर्याइदिएर जुन साथ र सहयोग दिनुभएको छ, त्यसको लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु’ उहाँले भन्नुभयो– ‘आगामी दिनमा तपाईंहरूको निर्ममभन्दा निर्मम प्रश्नहरु रहुन् । तपाईंका विश्लेषण कडाभन्दा कडा रहुन् । यो के भएको ? कसो भएको चुनौतीका साथ भन्नु होला ।’
यति भनिसकेपछि गृहमन्त्री लामिछानेले मन्त्रालय मातहतका निकायलाई धन्यवाद दिएर कार्यक्रम रोख्नुभयो ।
गृहमन्त्री लामिछानेले आफ्नो भनाइ सकेपछि पत्रकारले सोधे– ‘निर्मला पन्तले कहिले न्याय पाउँछिन् ? तर उहाँ बोल्नु भएन । पत्रकारले यस्तै खालका विभिन्न खाले प्रश्न तेस्र्याएपछि गृहमन्त्री लामिछाने नसुने झै गरी हिड्नु भयो । तर पनि पत्रकारले सोध्न छोडेनन, केही पत्रकारहरु गृहमन्त्री लामिछानेको पछि लाग्दै सोधिरहे गृहमन्त्रीज्यू तपाई किन भाग्नुभयो ? किन डराउनुभयो ?’ तर गृहमन्त्री लामिछाने जवाफ नदिइ आफ्नो बाटो लाग्नुभयो ।
उपप्रधानमन्त्री लामिछानेले आफूले गृह मन्त्रालयको जिम्मेवारी समालेको सय दिनमा धुप्रै उपलब्धिमूलक काम भएको दाबी गर्नुभयो तर सबै काम अहिले बाहिर ल्याउन नमिल्ने समेत बताउनुभयो । ‘कतिपय केसमा जटिलताका कारणले समय लागेको छ, अनुसन्धान भन्ने चिज पूर्वाग्रह राखेर गरिने चिज होइन’ उहाँले भन्नुभयो– ‘ अब बोलेर होइन, आफ्ना कामले जवाफ दिने सोचमा आफू रहेको उनले सुनाए । लामिछानेले भने, ‘हामीले जे गर्यौं, भयंकर गर्यौं । ऐतिहासिक गर्यौं भन्ने पक्षमा हामी छैनौं । ऐतिहासिक त अब गर्नुपर्नेछ । सय दिनमा आधार बनाउने काम भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन