
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गएराति गएको पहिरोमा परी मृत्यु भएका चारैजनाको शबलाई सुरक्षित स्थानमा ल्याइएको छ । नेपाल प्रहरी र स्थानीयले पहिरोले पुरिएर मृत्यु भएका शवलाई सुरक्षित स्थानमा ल्याएको हो ।
पहिरोमा पुरिएर फक्ताङलुङ–२ का ७० वर्षीय रामबहादुर साम्रा, ५१ वर्षीया जसमाया लिबाङ साम्रा, १० वर्षीया जुम्लिया गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । घाइते ४० वर्षीय का युगेन लिम्बू र उहाँका ३ वर्षीया छोरीलाई सिंवालाई स्वास्थ्य चौकीमा सामान्य उपाचारपछि थप उपचारका लागि जिल्ला अस्तालमा पठाइएको छ ।
फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्राका बुबाआमा र दुई जुम्लिया बहिनीको पहिरोले पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक लुङ्गेलीले बताउनुभयो ।
घरमा सुतिरहेका अवस्थितमा गएराति करिब १ः३० बजेको समयमा घर माथिबाट आएको पहिरोले घरसँगै एकै परिवारका चार जनाको मृत्यु भएको थियो । थप उद्धार गर्न फुङलिङ नगरपालिका–१० मित्लुङ हाइड्रोपावर सुरक्षाका लागि नेपाली सेनाको सुरक्षा बेस टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लुङ्गेलीको टोली खटिएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।
ढुङ्गा माटोले बनेको टिनको छानो भएको दुई तलेघर माथिबाट झरेको पहिरोले पुरेपछि सुतेको अवस्थामा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो ।
बुधबार राति आएको वर्षासँगैको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रका छ वटा स्थायी मोटर पुल बगाएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन