
काठमाडौँ । प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले पर्याप्त साधन स्रोतको अभावले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्ने नसकिएको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा एमालेका सचिव समेत रहनुभएका सांसद भट्टराईले विगत केही दिनदेखि परेको अविरल वर्षाले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर एकैपरिवारका चार जनाको मृत्यु भएको र दुई जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । पहिरो परी त्यो गाउँपालिकाका उपाध्यक्ष विकास लिम्बूको परिवारका चार जनाको निधन भएको छ ।
पहिरोबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद भट्टराईले सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘हामीले विपद् प्राधिकरण बनाएका छौँ । पर्याप्त साधन स्रोतको अभावले समयमै उद्धार गर्ने सकिएको छैन् । अब प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेका पहाडी र हिमाली क्षेत्रमा एकीकृत बस्ती विकासमा जानुपर्छ’ उहाँले भन्नुभयो ।
सांसद लीला बोखिमले पनि ताप्लेजुङको फक्ताङलुङ–२ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । घट्नामा ठूलो जनधनको क्षतिका साथै पहिरोले सडक अवरुद्ध भएकाले आपत्कालीन अवस्थामा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । ‘काठको पुल भत्किएको छ । पशुचौपाया मरेका छन् । बाटो अवरुद्ध छ । तत्काल उद्धार र राहतको व्यवस्था गर्न माग गर्दछु’ उहाँले भन्नुभयो ।
सांसद विजुला रायमाझीले अर्घाखाँचीको सन्धिखर्क–७ का ३१ वर्षीय बाबुराम घर्तीको पाल्पामा जनसेवा गर्दागर्दै करेन्ट लागेर निधन भएको घटनापति दुःख व्यक्त गर्नुभयो । उहाँले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो । सेवामूलक कामका सिलसिलामा निधन भएकाका परिवारलाई स्पष्ट नीति बनाएर क्षतिपूर्ति दिन समेत उहाँले माग गर्नुभयो । सांसद रायमाझीले महिला सुरक्षाबारे गम्भिर बन्न सरकारसँग माग गर्नभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन