
अछाम । कर्णालीको झोलुङ्गे पुलमा पुलमा जोखिमपूर्ण रूपमा अड्किएका खच्चरलाई उद्धारमा साहसिक कार्य गरेको भन्दै दुई जना प्रहरीलाई सुदूरपश्चिम प्रहरीले पुरस्कृत गरेको छ । पुरस्कृत हुनुहुनेमा इलाका प्रहरी चौकी कालेकाँडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) रामसिंह फराल र प्रहरी हवलदार गङ्गाराम चौधरी डगौरालाई नगदसहित सम्मान गरिएको हो ।
उच्च अनुशासनमा रही अदम्य साहसका साथ कर्तव्यनिष्ठ भई उल्लेखनीय कार्य सम्पन्न गरेको भन्दै दुई जनालाई सम्मान गरेको अछामका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो । ‘हामीले पनि सम्मान गर्न भनेका थियौ, प्रदेशबाटै दुई जनालाई सम्मान गरिएको हो ।’ निरीक्षक साउँदले भन्नुभयो । सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले दुई जना प्रहरीलाई प्रहरी अभिलेखमा जनाइने गरी पुरस्कृत गर्नुभएको हो ।
आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाबाट दैलेखको आठबिस नगरपालिका–४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका थिए । पुलमा अड्केका खच्चरलाई फराल र चौधरी सहितको प्रहरी टोलीले जोखिमपूर्ण रूपमा डोरीको सहायताले कर्णाली नदीमा खसालेको थियो ।
करिब ८ घण्टा पुलमा फसेका खच्चरलाई कर्णाली नदीमा खसालिएका १३ मध्ये दुई खच्चर भने मरेका थिए । अन्यलाई उद्धार गरेर अहिले उपचार भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन