
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक लेखकले संसदीय अभ्यासमा प्रधानमन्त्रीले कुनै पनि मित्र राष्ट्रको भ्रमणमा जाँदा जानकारी गराउने अभ्यास रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री जेठ २७ गते भारत भ्रमणमा गएर फर्किनुभयो । पाँच दिन वितिसक्दा पनि सदनलाई जानकारी दिन आउनुभएन’ उहाँले भन्नुभयो,– ‘प्रधानमन्त्रीको भ्रमणबारे सदन अनविज्ञ हुनु राम्रो होइन । प्रमुख प्रतिपक्षको हैसियतले मैले प्रधानमन्त्री ज्यूलाई तपाई सदनको नेता हो भनेर स्मरण गराउनुपर्ने अवस्था आयो ।’
भारतमा हालै लोकसभा निर्वाचन सम्पन भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिनुभएको समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल जेठ २७ गते भारतको औपचारिक भ्रमणमा जानुभएको थियो । उहाँ जेठ २८ गते भारत भ्रमणबाट फर्किनुभएको हो ।
यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन मुलुकबाहिर जानुभएको उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रपति र प्रधानमन्त्री देशबाहिर जाने कुरा अखबार पढेर सदनले जानकारी पाउनु राम्रो नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामी संसदीय सार्वभौमिकताको कुरा गछौँ । संसदीय स्वतन्त्रताको कुरा गर्छौ । प्रधानमन्त्री सदनमा देखिनुभएको छैन । के कति कारणले उहाँ यहाँ नआउनुभएको हो ? संसदीय परम्परा तोडिएको छ । मिचिएको छ । सदनलाई मान गर्नुपर्ने अवस्थामा अपमानको स्थिति आयो ।’
राष्ट्रप्रमुख र प्रधानमन्त्री मात्र होइन, सदन चलिरहेको अवस्थामा मन्त्रीहरुलेसमेत सदनलाई जानकारी गराएर विदेश भ्रमणमा जाने कतिपय देशमा अभ्यास रहेको प्रमुख सचेतक लेखकको भनाइ छ ।
सभामुखले विशेष ढङ्गले रुलिङ गर्न जरुरी रहेको उहाँले बताउनुभयो । संसदको अर्को बैठक प्रारम्भ हुने वित्तिकै प्रधानमन्त्री दाहालको भारत भ्रमण र राष्ट्रपति पौडेलको विदेश भ्रमणबारे जानकारी गराउन प्रमुख सचेतक लेखकले सभामुख देवराज घिमिरेसमक्ष माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन