+

उदयपुर सिमेन्टको भ्रष्टाचार मुद्दामा महाप्रबन्धकसहित ८ जनाले पाए सफाइ

काठमाडौँ  । उदयपुर सिमेन्ट कारखानाको सामान खरिद प्रकरण मुद्दामा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाले सफाइ पाएका छन् । 

विशेष अदालत काठमाडौँले कारखानामा सामान खरिद गर्दा भ्रष्टाचार नभएको ठहर गर्दै  महाप्रबन्धक पौडेलसहित तत्कालीन नायव महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कामु उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा) धुव्रबहादुर देवकोटा र महेश प्रसाद काफ्लेलेलाई सफाइ दिएको हो । 

८ जनालाई विपक्षी बनाएर अख्तियार दूरुपयोग अनुसन्धन आयोगले  दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशहरु टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रामबहादुर थापाको इजलासले बिहीबार सफाइ दिएको हो । 

आयोगले कर्मचारीहरुको मिलोमतोमा आवश्यकता भन्दा बढी सामान खरिद गरेर उद्योगलाई घाटा पुर्याएको, उद्योगका लागि सामान खरिद गर्दा बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामाग्री खरिद गरेको दाबी गर्दै ८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट