
काठमाडौँ । आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह सीमा वेष्टइन्डिजले लगातार तेस्रो जीतसहित सुपर आठमा प्रवेश गरेको छ । ब्रेन लारा मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्टइन्डिज सुपर आठमा प्रवेश गरेको हो ।
१ सय ५० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो । न्यूजिल्याण्डका ग्लेन फिलिप्सले ४०, फिन एलेनले २६, ड्यारिल मिचेलले १२, रचिन रवीन्द्र र जेम्श निसमले १०/१०, ट्रेन्ट बोल्टले ७ तथा डेभोन कोन्वेले ५ रन बनाएर आउट भए ।
मिचेल स्यान्टनर २१ रनमा अविजित रहे । उनले अन्तिम ओभरको शुरुका दुई बलमा छक्का प्रहार गरी जीतको आशा जगाए पनि सम्भव भएन । वेष्टइन्डिजका अल्जारी जोसेफले ४, गुडाकेश मोतीले ३ तथा अकिल हुसैन र आन्द्रे रसेलले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले शेरफेन रदफोर्डको अर्धशतक मद्दतमा १ सय ४९ रन बनाएको थियो ।
खराब सुरुआत गरेको वेष्टइन्डिजका लागि ६ नम्बरमा आएका शेरफेन रदफोर्डले ६८ रनको अविजित इनिङ खेल्दै राम्रो स्कोर बनाए ।अन्य ब्याटर निकोलस पुरनले १७, अकिल हुसैनले १५, आन्द्रे रसेलले १४, रोमारियो शेफर्डले १३, ब्रेन्डन किंगले ९ र अल्जारी जोसेफले ६ रन बनाएर आउट भए ।
न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, टिम साउथी र लोकी फर्गुसनले दुई तथा जेम्स नीशाम र मिचेल स्यान्टनरले एक/एक विकेट लिए ।
यसअघि भएका खेलमा वेष्टइन्डिजले युगान्डा र पपुवा न्युगिनीलाई पराजित गरेको थियो । न्युजिल्याण्डको भने यो दोस्रो हार हो । यसअघि अफगानिस्तानसँग पराजित भएको थियो ।
वेष्टइन्डिज ६ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर आठ मा पुग्दा अंकविहीन न्यूजिल्याण्ड पुछारमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन