
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड निर्माण सम्पन्न माग गर्दै संसद्मा सङ्कल्प प्रस्ताव दर्ता गरेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेल प्रस्तावक तथा कांग्रेस सांसदहरु गगनकुमार थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, सपना राजभण्डारी, अम्बिका बस्नेत र रास्वपाका सांसद शिशिर खनाल, गणेश पराजुली र सोविता गौतमले आज संसद्मा सार्वजनिक महत्वको सङ्कल्प प्रस्ताव दर्ता गर्नुभएको हो ।
काठमाडौँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कांग्रेस र रास्वपाका सांसदले सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई सार्वजनिक महत्वको सङ्कल्प प्रस्ताव बुझाएका हुन् । नेपाल र चीन सरकारबीच चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड निर्माण गर्ने सहमति भएको थियो । दुवै सरकारबीच भएको समझदारीअनुरूप विस्तार कार्य हुने वा नहुने अन्यौलता हटाई चक्रपथ विस्तारको कार्यलाई सुनिश्चित गर्न, अस्तव्यस्त सडक र आसपासको वातावरणीय प्रदूषण कम गर्न, सवारीसाधन आवतजावत तथा ट्राफिक व्यवस्थापन गर्न सङ्कल्प प्रस्तामा माग गरिएको कांग्रेस सांसद पौडेलले बताउनुभयो ।
आमनागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र सहरी सुन्दरताको पुनरावृत्ति गर्न चक्रपथ कलङ्की धोबीखोला–चाबहिल विस्तार अविलम्ब सञ्चालन गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्न आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन