+

उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्विरोध

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ । 

पार्टी स्थापनादेखि नै पार्टीको नेतृत्व गर्दै आउनुभएका यादव जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष पदमा चयन हुनुभएको हो । अध्यक्षमा यादवको एक मात्र उम्मेदवारी परेको थियो ।

अध्यक्षबाहेकका अन्य पदमा नेताहरूको उम्मेदवार परे पनि सम्पूर्ण विवरण सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट