
काठमाडौँ । कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत गर्न माग गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत सम्हार गर्न माग गरिएको हो । पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको संसदमा आवाज उठेको छ ।
बैठकको आकस्मिक समयमा सांसद् सीताकुमारी रानाले झोलुङ्गे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट वञ्चित हुनु परेको बताउनुभयो । आइतबार कर्णालीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १३ खच्चर दुर्घटनामा परेका थिए ।
सांसद् रानाले पुल तुरुन्तै मर्मत सम्हार नगरे मानवीय दुर्घटना हुनसक्ने भन्दै सरकारको ध्यानार्कषण गराउनुभयो । ‘सरकारले जतिसक्दो छिटो प्राविधिक टोली पठाएर कर्णालीको पुल मर्मत गर्नुपर्ने स्थिति छ’ उहाँले भन्नुभयो– ‘होइन भने प्राकृतिक प्रकोपले झनै स्थिति नाजुक हुन सक्छ । कर्णालीका बासिन्दालाई सरकार छ भन्ने आभास होस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन