
काठमाडौँ। आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ ।अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु हुने भनिए तापनि निरन्तर वर्षा भएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् ।
विश्वकपमा नेपालले दुई खेलमा एक अङ्क जोडेको छ भने तीन खेलबाट श्रीलङ्काको पनि समान एक अङ्क नै छ । नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । विश्वकपको समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिका तीन खेलमा छ अङ्कका साथ सुपर आठमा प्रवेश गरिसकेको छ । बङ्गलादेश र नेदरल्यान्ड्सको समान दुई खेलबाट समान दुई–दुई अङ्क नै छ ।
नेपालले अब वेस्टइन्डिजमा यही जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन