
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । थापा नेकपा माओवादी केन्द्रबाट दुई पटक मेयर बनेका हुन् ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको, गलत प्रतिवेदन तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोप उनीहरु विरुद्ध लागेको छ । आयोगले आरोपीविरुद्ध समान ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । आयोगले नगरपालिकाका योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध रु ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।
आयोगले जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध भने कैद र जरिवानाको मात्रै माग दाबी गरेको छ । वाग्मती माछा पोखरी निर्माण गर्दा उत्खनन भएको ढुङ्गा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ बिक्रीमा अनियमितता गरेको आरोप उनीहरुमाथि लागेको छ ।
आयोगले आरोपीहरुविरुद्ध बिगोअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले राससलाई जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन