
काठमाडौँ । मापदण्ड विपरीत संचालनमा रहेको पाइएपछि गृह प्रशासनको आदेशमा बन्द भएको ‘प्रिन्स क्रसर’ को विषयमा प्रकाशित समाचारलाई लिएर नेपालकैरन डट कमका प्रधानसम्पादक निर्मल अधिकारीलाई ‘जे पनि हुनसक्ने’ भन्दै अज्ञात व्यक्तिले धम्की दिएका छन् ।
‘मध्यराति कसको आदेशमा चल्यो अवैध ‘प्रिन्स क्रसर’ ?’ शीर्षकमा मंगलबार समाचार प्रकाशित भएपछि नेपाल टेलिकमको मोबाइल नम्बर ९८४१४९XXXX र एनसेलको मोबाइल नम्बर ९८०१६०XXXX बाट अज्ञात व्यक्तिले फोन गरेर आफूहरुलाई गरिखान नदिएकाले जे पनि हुनसक्ने भन्दै धम्की दिएका हुन् ।
धम्कीदिने व्यक्तिहरुले क्रसरका बारेमा समाचार दिने स्रोत खुलाउन समेत प्रधानसम्पादक अधिकारीलाई दबाब दिएका छन् । एनसेलबाट फोनगर्ने व्यक्तिले भने, म यहाँको स्थानीय समाजसेवी हुँ, हामीलाई यहाँ बस्ती बीचमा क्रसर चल्दा केही आपत्ति छैन भने तलाईं के चासो ? भन्दै धम्क्याए । उनले ‘तेरो अफिस देखा, म सबै गाउँले लिएर अफिस घेर्न आउछु । त्यसपछि जे पनि हुनसक्छ’ भन्दै त्रसित बनाए । प्रत्युत्तरमा प्रधानसम्पादक अधिकारीले समाचारको खण्डन गर्ने सुविधा भएकाले समाचारका बारेमा तपाईंको चित्त नबुझे समाचार खण्डन गर्न सक्नुहुन्छ भनेर सम्झाउन खोज्दा उनले अश्लील शब्दमा गाली गरेर फोन काटिदिए ।
नेपाल टेलिकमको फोनबाट धम्क्याउने व्यक्तिले ‘प्रिन्स क्रसर’का बारेमा आइन्दा यसरी समाचार लेखे राम्रो नहुने भन्दै घुमाउरो भाषामा तर्साउन खोजेका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगन्जमा १५ वर्षदेखि घना बस्तीबीचमा मापदण्ड विपरीत संचालनमा रहेको ‘प्रिन्स क्रसर’का कारणसिंगो बस्तीका सयौँ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेको समाचार नेपालकैरनमा प्रकाशित भएपछि गृह प्रशासनले स्थलगत अवलोकन पछि क्रसर बन्द गर्न आदेश दिइसकेको छ।
प्रशासनको आदेशमा १ महिनादेखि बन्द रहेको क्रसर आइतबार मध्यराति संचालनामा आएको विषयमा नेपालकैरनले समाचार प्रकाशित गरेको हो । त्यही विषयलाई लिएर प्रधानसम्पादक अधिकारीलाई धम्की आएको हो । प्रधानसम्पादक अधिकारीलाई धम्की दिएको संवादको अडियो रेकर्ड नेपालकैरनसँग सुरक्षित छ ।
सम्बन्धित समाचार...
मध्यराति कसको आदेशमा चल्यो अवैध ‘प्रिन्स क्रसर’ ?
क्रसरलाई ‘संरक्षण’ गरेको आरोप लागेका प्रहरी निरीक्षकको सरुवा
‘प्रिन्स क्रसर’लाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन
‘प्रिन्स क्रसर’लाई लालबन्दी प्रहरीले संरक्षण गरेको स्थानीयको आरोप
अवैद्ध ‘प्रिन्स क्रसर’ले कब्जा गरेको सरकारी वन खाली गराउन प्रक्रिया शुरु
नेपालकैरन निगरानी: बस्तीबीचको ‘अवैद्ध’ क्रसरले निम्त्याएको कहर
बस्तीबीचमा क्रसर उद्योग, साढे ४ सय परिवारको उठिबास
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन