
पोखरा । दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ गण्डकी प्रदेशमा छैटौँ पटक मन्त्री बन्नुभएको छ । हिमाल पारिको जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध हुनुभएका मनाङे विभिन्न पटक फरक फरक गठबन्धनमा सामेल हुँदै ७ वर्षमा छैटौँ पटक मन्त्री बन्नुभएको हो।
गुरुङले अहिले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । मनाङेले फणिन्द्र देवकोटासँगै मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।
नेकपा माओवादी केन्द्रको सहयोगमा प्रदेश सांसद बन्नुभएका देवकोटा सत्ता गठब्नधनमा विद्रोह गर्दै मन्त्री बन्ुभएको हो । उहाँले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
.
उहाँहरुको शपथ समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारी लगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन