
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी राख्नुभएको प्रस्ताव सभाको बहुमतले पारित गरेको हो ।
मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ । प्रस्तावको पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र प्रदेशसभा सदस्य एक र प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाको मत परेको छ । विपक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का छ । प्रदेशसभा सदस्यको मत परेको छ ।
विश्वासको पक्षमा मतदान गर्नुभएका देवकोटा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँ गत प्रदेशसभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित हुनुभएको हो ।
देवकोटाले विश्वासको मतका पक्षमा मतदान गरेपछि गरेपछि प्रदेशसभामा एमाले र माओवादी केन्द्रका सदस्यले नाराबाजी गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन