
सुर्खेत । विसं २०७६ मङ्सिर १७ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ को रातानाङ्लामा स्थापना भएको मौसमी राडार दुई वर्षदेखि बन्द छ । पश्चिमी क्षेत्रको मौसमसम्बन्धी पूर्वानुमान गर्न राखिएको राडार दुई वर्षदेखि कामविहीन भएको हो ।
राडारमा समस्या भएर कामविहिन अवस्थामा बन्द भएको दुई वर्ष बितिसक्दा पनि मर्मत गरी सञ्चालनमा आउन सकेको छैन । बाह्र महिना हुनसक्ने विपद्बाट जोगाउन स्थापना गरिएको मौसम पूर्वानुमान गर्ने राडार आफैँ बिरामी भएपछि समस्या भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् एवं जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका प्रमुख निराजन सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार एक दिनको मौसम पूर्वानुमानसहितको तत्काल सूचना दिने यस्ता राडार नेपालमा तीनवटा मात्र छन् । ‘सुर्खेतको राडारले प्युठानदेखि पश्चिम क्षेत्रको पूर्वानुमान गर्दछ । अरु दुई वटा राडार पाल्पा र उदयपुरमा छन्’ उहाँले भन्नुभयो ।
चट्याङ परेर राडारका केही उपकरण बिग्रनुका साथै जेनेरेटरमा पनि क्षति पुगेको थियो । विभागका वरिष्ठ मौसमविद् सापकोटाले सरकारले मर्मतका लागि न्यून बजेट दिएको भन्दै परामर्शदातासँग प्रस्ताव माग गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार स्थानीयस्तरमा हुने अन्य मर्मतको काम सुरु भएको छ ।
दुई वर्षअघि राडार बिग्रिए पनि मर्मतका लागि बजेट नभएकाले बन्द गर्नुपरेको वरिष्ठ मौसमविद् सापकोटाले बताउनुभयो । अहिले मर्मत गर्ने तयारी थालिएको उहाँको भनाइ छ ।
विभागले आगामी भदौ अन्तिमसम्म राडार सञ्चालनमा ल्याउने गरी मर्मत गरिरहेको आयोजना प्रमुख सापकोटाले दाबी गर्नुभयो । उहाँका अनुसार मौसमी राडार विश्व बैंकले करिब १८ करोड रुपैयाँको लागतमा निर्माण गरिदिएको हो । निर्माणको पाँच वर्षसम्म राडारले काम गरिरहेको थियो । पाँच वर्षभित्र बिग्रेमा निर्माण कम्पनीले बेहोर्नुपर्ने प्रावधान रहेकामा छैटौँ वर्षमा चट्याङ परेपछि बन्द भएको उहाँले बताउनुभयो ।
बजेटको अभाव, मर्मतका लागि दक्ष जनशक्ति नहुनु, सुर्खेतको विद्युत् कम क्षमता (लो भोल्टेज), बेला बेलामा चट्याङ परिरहनु, इन्धन खर्च अभाव लगायत कारणले बिग्रेको राडार समयमै मर्मत गर्न नसकिएको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन