
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले १० औँ महाधिवेशनको लागि उमेर हदबन्दी हटाएपछि बूढा नेताहरुमा उत्साह देखिएको छ ।
महाधिवेशनमा कम्युनिष्ट पार्टी निर्माणमा योगदान गरेका पुराना र अनुभवी नेताहरुलाई नेतृत्वका लागि अवसर उपलब्ध गराउन उमेर हदबन्दी हटाइएको पार्टीले जनाएको छ । अग्रज नेतालाई विभिन्न पदमा प्रतिस्पर्धाका लागि उम्मेदवार बन्न पाउने व्यवस्था गरेको हो । यसअघि पार्टीले ७० वर्षभन्दा माथि उमेर समूहका नेता तथा कार्यकर्तालाई कार्यकारी पदमा जान नपाइने व्यवस्था गरेको थियो । यसपटक त्यो नियमलाई परिमार्जन गरी उमेरको हदबन्दी हटाएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभएको छ ।
पार्टी सञ्चालनका लागि वैचारिक नीति तथा कार्यक्रमका आधारमा प्रतिस्पर्धा हुने जनाइएको छ । पार्टीका तल्लो तहदेखि माथिल्लो तहका नेतालाई सम्बन्धित भूगोल तथा कार्यक्षेत्रबाट निर्वाचित हुनुपर्ने प्रावधान ल्याएको पार्टीले महाधिवेशनमा पेश गरिने चार वटा दस्तावेज थप समृद्ध बनाउन सबै जिल्ला तथा मातहतका कमिटीमा छलफलका लागि पठाइएको छ । असार मसान्तभित्र सबै मातहतका कमिटीले सुझाव केन्द्रमा पठाइसक्नुपर्ने समय सीमा तोकिएको छ । महाधिवेशनको कार्यप्रगति तथा तयारीबारे मातहतका कमिटीसँग पार्टीले जानकारी लिएको छ ।
महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठानिक गरी चार दस्तावेजमा सबै जिल्ला तहबाट थप सुझाव लिन पार्टी मातहतका कमिटीमा दस्तावेजको मस्यौदा पठाइएको छ । दस्तावेजलाई एउटै प्रतिवेदन बनाएर राष्ट्रिय महाधिवेशनमा लैजाने तयारी भएको प्रचार विभाग उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।
महाधिवेशनका लागि पार्टी केन्द्रले लोगोसमेत निर्माण गरेको छ । नेपालको फरफराइरहेको राष्ट्रिय झण्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको लोगोमा कम्युनिष्ट पार्टीको झण्डा राखिएको छ । ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ’ भन्ने सन्देश लोगोमा उल्लेख छ ।
पार्टीको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रम छ । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १४ कमिटी निर्माण गरिएको छ । ती कमिटीले जिम्मेवारीअनुसार कार्य सम्पादन गरिरहेको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख अर्यालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन