
काठमाडौँ । प्रतिनिधिसभाबाट अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासम्बन्धी प्रस्ताव पारित भएको छ ।
प्रतिनिधिसभा आजको बैठकले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस्’ प्रस्ताव पारित गरेको हो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको बहुमतले पारित गरेको हो ।
प्रस्तावमाथिको छलफलमा सांसदहरु रघुजी पन्त, माधव सापकोटा, जुली महतो, लालप्रसाद सावा लिम्बू, अमरबहादुर थापा, देवेन्द्र पौडेल, प्रेम सुवाल, ध्रुवबहादुर प्रधान, राजेन्द्र केसी, नागिना यादवले भाग लिई आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले हस्ताक्षर गर्दा राष्ट्रिय हितालाई ध्यान दिइएको स्पष्ट पार्नुभयो । उहाँले सम्झौता आर्थिक, प्राविधिक हस्तान्तरण र स्वच्छ ऊर्जाका दृष्टिले समेत राष्ट्रिय हितमा रहेको जानकारी गराउनुभयो ।
मन्त्री बस्नेतले नेपालको सन्दर्भमा वर्षायाममा जलविद्युत् धेरै उत्पादन हुने र सुख्खा याममा अपर्याप्त हुने भएकाले यस्तो अन्तर कम गर्न पनि सम्झौता आवश्यक रहेको औँल्याउनुभयो । जलविद्युत्सँगै सौर्य र वायु ऊर्जाको उपयोग गर्न पनि ऊर्जा ‘मिक्स’ गर्नुपर्ने उहाँको भनाइ छ ।
सुख्खा याममा ऊर्जा आयात गर्नुपर्ने बाध्यता अन्त गर्न पनि सम्झौता उपयोगी हुने मन्त्री बस्नेतले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन