
काठमाडौँ । सांसद मानवीर राईले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले भन्नुभयो– ‘संसारका पर्यटक सगरमाथा घुम्न आउँछन् । तर एकमात्र लुक्ला विमानस्थल चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ। विमानस्थल विस्तार गर्न गतवर्षको बजेटले ध्यान दिन सकेन ।सगरमाथा क्षेत्रको विकासका लागि थप काम गर्नुपर्छ ।’
बैठकको विशेष समयमा उहाँले दूधकोशी नदीबाट थप विद्युत उत्पादन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रुपा सोशी चौधरीले संसदबाट कानुन निर्माण प्रक्रियामा लक्ष्य प्राप्ति हुन नसकेको बताउँदै यसमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
सांसद निशा डाँगीले सीमित बजेटको आकार भए पनि असिमित योजना घोषणा गरिरहेको सन्दर्भमा स्रोतको सुनिश्चितता नगरी ठूला योजना घोषणा नगर्न सुझाव दिनुभयो । सांसद अनिशा नेपालीले स्थानीय सडक राष्ट्रिय राजमार्गसँग जोड्ने भनेर पटक–पटक बजेट छुट्याइने गरेको तर कार्यान्वयन ढिलाइ हुने गरेको उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन