
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले मुलुकको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने आधार नभेटिएको बताउनुभएको छ ।
अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने उल्लेख छ । कांग्रेस महामन्त्री थापाले प्रतिनिधिसभाको आजको बैठकमा ६ प्रतिशत आर्थिक वृद्धि हुने आधार के ? भन्दै प्रतिप्रश्न गर्नुभयो ।
‘आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ, तर केही विकास साझेदार निकायले चार प्रतिशत मात्रै आर्थिक वृद्धिदरको प्रक्षेपण गरिरहेको अवस्थामा अर्थमन्त्री पुनले के आधारमा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राख्नुभएको हो ?’ सांसद थापाले भन्नुभयो ।
बजारमा मागको कमी भएको र आर्थिक अवस्था सङ्कटमा रहेको उल्लेख गर्दै सांसद थापाले यसले आर्थिक वृद्धिमा चुनौती थपिने बताउनुभयो । ‘हाम्रो खर्च बढिरहेको छ, मध्यम वर्गीय व्यक्ति उच्च करको मारमा परिरहेका छन्, कुनै नयाँ क्षेत्रमा लगानी गर्दा कर बढी तिर्नुपर्दा बैंकमा नै रकम थुप्रिएको छ’ उहाँले भन्नुभयो– ‘आर्थिक सङ्कट भइरहेको छ । सामान्य करका दर बढाउँदैमा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन ।’
पूर्वाधार विकासमा आवश्यक लगानी हुन नसक्दा विकासका आयोजना नै अधुरा रहेको सांसद थापाको भनाइ छ । खर्चको गुणस्तर र पूर्वाधार निर्माणपछि गुणस्तरीय पक्षलाई पनि ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘आगामी आर्थिक वर्षमा सिक्टा आयोजनाका लागि ३ अर्ब रकम माग भएकामा १ अर्ब ६० करोड विनियोजन भएको छ, अव यो आयोजना बन्न वर्षौ लाग्छ’ उहाँले भन्नुभयो– ‘सिँचाइ आयोजनामा लगानी घटाएर कृषि दशकको लक्ष्य हासिल गर्न सकिँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन