
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहकारी पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका छन् ।
प्रधानमन्त्री आज बिहान पोखरा सभागृहमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रवेश लाग्दा सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।
प्रदर्शनकारीले प्रधानमन्त्रीले सुन्ने गरी ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा समेत लगाए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रहरीले लात्ती प्रहार गरेर ७८ वर्षीय भीमप्रसाद चपाईँ र ३० वर्षीया अनुराधा श्रेष्ठलाई घाइते बनाएको जानकारी दिनुभएको छ । सहकारीका पीडितले न्याय माग्दा प्रहरीले धरपकड गरेको श्रेष्ठको भनाई छ । ‘म काठमाडौं छु, प्रधानमन्त्रीलाई न्यायका लागि सभागृह पुगेर ध्यानाकर्षण गराउने कार्यक्रम थियो’ उहाँले भन्नुभयो – ‘न्याय माग्न पुगेका पीडितलाई प्रहरीले दमन गरेको छ । हामीबाट राज्यलाई डर हो कि राज्य अभियुक्तको पक्षमा प्रस्तुत भएको हो ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन