
डोटी । डोटीको जोरायल गाउँपालिकामा यात्रुवाहक जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटना ७ जना घाइते भएका छन् ।
दार्चुलाबाट धनगढीतर्फ गइरहेको जीप जोरायलको वडा नम्बर १ स्थित खडिनामा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामी र त्यही ठाउँको ३ वर्षीया बालिका रीतिका पार्कीको मृत्यु भएको प्रहरी नाय उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्षक भट्टराईका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जीपमा ९ जना सवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन