
दाङ । दाङमा गुठी पीडितमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको हो । प्रहरीले खुलाउन बल प्रयोग गरेपछि झडप भएको हो । झडपमा ४ जना घाइते भएका छन् । घाइतेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
गुठी पीडितहरुले आफ्ना माग सम्बोधन नभएको भन्दै घोराही स्थितमालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका हुन् । तालाबन्दी गर्ने क्रममा गुठी पीडितहरुले कार्यालय घेराउ गरे । प्रहरीले कार्यालय खुलाउने क्रममा बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको हो । स्थिति साम्य पार्न प्रहरीले गुठी पीडितहरुमाथि अश्रुग्याँस प्रहार गरेको छ ।
दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले अप्रिय घटना हुन नदिन १० राउन्ड अश्रुग्याँस प्रहार गरेको बताउनुभयो । अहिले भने स्थिति नियन्त्रणमा रहेको उहाँको भनाई छ ।
गुठी पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले सरकारले आफूहरुसँग पटक–पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाब स्वरुप तालाबन्दी गर्नुपरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन