
काठमाडौँ । चर्चित आरोही निर्मल पुर्जामाथि महिला आरोहीहरूले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएका छन् । ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित समाचार अनुसार हिमाल आरोहणका क्रममा उनीहरूले पुर्जाबाट दुर्व्यवहार भोगेका थिए ।
समाचार अनुसार पूर्व मिस फिनल्याण्ड लोट्टा हिन्टसा र डा अप्रिल लियोनार्डोले आफूहरूलाई यौन दुर्व्यवहार गरेको बताउनुभएको छ । पुर्जाले भने आफूमाथि लगाइएको आरोपको खण्डन गर्नुभएको छ । सन् २०१९ मा विश्वका ८ हजार मिटर माथिका १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेपछि पुर्जाको चर्चा चुलिएको थियो । उहाँ हाल हिमाल आरोहणसम्बन्धी कम्पनी संचालन गरेर बस्नुभएको छ ।
सन् २०१९ मा प्रकाशित आफ्नो संस्मरणमा नै हिन्टसाले आफू ‘एक चर्चित आरोही’ बाट दुर्व्यवहारमा परेको उल्लेख गर्नुभएको थियो । न्युयोर्क टाइम्ससँगको कुराकानीमा भने उहाँले पुर्जाको नाम नै उल्लेख गर्नुभएको हो । उहाँका अनुसार पुर्जाले आफ्नो कोठामा आएर जबरजस्ती गर्न खोजेको तर आफू नमानेपछि पुर्जाले छेउमा बसेर हस्तमैथुन गरेको आरोप छ ।
त्यस्तै, डा. अप्रिल लियोनार्डोले पनि पुर्जाले आफूलाई जबरजस्ती समाएर चुम्बन लिएको दाबी गर्नुभएको छ । केटू हिमाल आरोहणमा पुर्जा उहाँको गाइड हुनुहुन्थ्यो । सोही समयमा यो घटना भएको उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन