
काठमाडौँ । सत्तारूढ तीन दलका अध्यक्षबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल भएको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा कुराकानी भएको हो।
तीन नेताबीच शुक्रबार दिउँसो समसामयिक राजनीतिक घटनाक्रमका विषयका कुराकानी भएको थियो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको एमाले अध्यक्ष ओलीले संचारकर्मीसंग बताउनु भएको छ ।
एकीकृत समाजवादी अध्यक्ष नेपाल बुधबार अपराह्न विपक्षी दलहरूको बैठकका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुग्नुभएको थियो ।
सत्तारूढ दलका अध्यक्ष नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको भन्दै यसले राजनीतिक बृत्तमा तरंग ल्याइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन