
काठमाडौँ । दोलखाको लामाबगरमा सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी बग्न थालेको छ । शुक्रबार बिहान साढे १० बजे बिगु गाउँपालिका १ लामाबगरस्थित क्यालु खोला र देउरालीको बिचमा सुख्खा पहिरो खस्दा थुनिएको नदी अहिले बग्न थालेको हो ।
तामाकोशी जलविद्युत आयोजनाको लामाबगरस्थित बाँधस्थलबाट करिब साढे २ किलोमिटरको दुरीमा रहेको स्थानमा सुख्खा पहिरो खसेको थियो ।
अहिले नदी बग्न थालेको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो । नदी थुनिएलगत्तै स्थानीय प्रशासनले तामाकोशी नदीमा बाढी आउने खतरा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको थियो । लामाबगरमा निर्माणाधीन नासा हाइड्रो र सानिमा हाइड्रोले सडक निर्माणका क्रममा सुख्खा पहिरो खसेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन