
काठमाडौँ । ग्लोबल आईएमई बैंकको कन्फेरेन्स सकेर बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको बस सिन्धुलीको गोलन्जोरमा दुर्घटना भएको छ ।
सिन्धुली प्रहरीका अनुसार बागमती प्रदेश ०१०–०१–१७३२ नम्बरको पर्यटक बस आज साँझ ५ः३० बजे गोलन्जोरको वडा नम्बर ७ मा दुर्घटना भएको हो । प्रहरीका अनुसार बस सडकबाट १० मिटर तल खसेर स्थानीयको घरमा उत्तानो परेको छ ।
बसमा कन्फेरेन्स सहभागी ग्लोबल आईएमई बैंकका २७ कर्मचारी सवार थिए । बसमा सवार मध्ये २६ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुको उद्धार गरी स्थानीय खुर्कोटको सुनकोशी सामुदायिक अस्पताल र नवजीवन अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई काठमाडौँ ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन