
काठमाडौँ । सरकारले सुरक्षाकर्मीको उमेरहद अध्ययन गर्न कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन शाखाका उपसचिव र मन्त्रालयले तोकेको सुरक्षा विज्ञ सदस्य हुनुहुन्छ । गृह मन्त्रालयका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे कार्यदलको सदस्यसचिव हुनुहुन्छ ।
समितिलाई मौजुदा ऐन, नियमको अध्ययन गरी अन्य मुलुकका अभ्याससमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने घोषणा गरेको थियो । बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइने उल्लेख गर्नुभएको थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन