
प्रकाश बराल ‘आँशु’
कालिकोट । जिल्ला सदरमुकाम मान्मस्थित लोटस विकास एकेडेमीले न्यानो काख सेवा समाजका ४ जना अनाथ बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेको छ । एकेडेमीले आफ्नो स्थापनाको १ वर्ष पूरा भएको अवसरमा एकेडेमीले यस्तो घोषणा गरेको हो।
एकेडेमीले न्यानो काख सेवा समाजका १४ जना बालबालिकालाई पठनपाठनका लागि शैक्षिक सामग्री समेत बितरण गरेको छ । ‘अनाथ तथा साहारा बिहिन बालबालिका पनि शिक्षा आर्जनको अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ४ जना बालबालिकालाई निःशुल्क पढाउने योजना अघि सारेको हौं,’ प्रिन्सिपल सन्तोष पौडेलले भन्नुभयो– ‘अभिभावकले स्कुललाई छोटो समयमा नै गरेको विश्वासले हामी खुशी छौँ।’ सुविधा सम्पन्न खेलमैदान तथा विद्यालय भवन निर्माणले तीव्रता लिइरहेको उहाँले जानकारी दिनुभएको छ ।
२०७३ सालमा स्थापना गरेको तर कारणबस शैक्षिक सत्र २०८०र ८१ बाट कक्षा नर्सरीदेखी शुरु भएको बोर्डिङ स्कुलले अहिले कक्षा ६ सम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयले कालिकोट जिल्लामा सामुसदायिक तथा निजी विद्यालय मध्यकै उत्कृष्ठ शिक्षा दिएको र १ वर्षभित्र नै कालिकोट जिल्लाको लोकप्रिय विद्यालय बन्न सफल भएको सामाजिक अभियान्ता हिक्मतजंग मल्लले बताउनुभएको छ ।
ख्यातिप्राप्त शिक्षकले पढाउने लोटस विकास एकेडेमिमा दुई सय ९ विद्यार्थी रहेका छन्। आर्थिकका कारण कसैले पनि शिक्षा नपाएको तथा शिक्षाबाट बञ्चित बालश्रममा परेका बालबालिकालाई कसैले पनि प्रमाण खुल्ने कागजात ल्याएर आएमा निःशुल्क पढाउने तथा दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको लक्ष्य पूरा हुने प्रिन्सिपल पौडेलको भनाई छ।
निजी क्षेत्रबाट सञ्चालित बोर्डिङ स्कुलले श्रव्यदृश्य विधिबाट शिक्षण गर्ने तयारी थालेको छ। शिक्षण सिकाइ क्रियाकलापलाई गुणस्तरीय बनाउन श्रव्यदृश्य माध्यम अपनाउन लागिएको स्कुलले जनाएको छ।
न्यानो काख सेवा समाजमा भने हाल १४ जना अनाथ बालबालिका रहेको र उनीहरुको पालन पोषणमा पहिला भन्दा अहिले जन्म दिनको अवसर पारी सहयोग गर्नेहरुले गर्दा केही हदसम्म राहत भएको छ । घर परिवारबाट नै खर्च मागेर व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको र अहिले लोटस विकास एकेडेमीले ४ जना बालबालिकालाई भएपनि पढाउने घोषणा गर्दा निकै खुशी भएको सेवा समाजका सञ्चालक कल्पना मल्ल बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै