
काठमाडौँ । नेपालले विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाप्रति ऐक्यबद्धता जनाउँदै त्यसको प्रभावकारी कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको आयोजनामा एन्टिगुवा र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा सम्मेलनका क्रममा अल्पविकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्युरोको अध्यक्षका हैसियतमा परराष्ट्र सचिव सेवा लम्सालले कार्ययोजना कार्यान्वयनमा जोड दिनुभएको हो । सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
परराष्ट्र सचिव लम्सालले सिड्स सम्मेलनको उद्घाटन सत्रमा भाग लिनाका साथै अल्पविकसित तथा भूपरिवेष्टित विकासशील मुलुक र साना टापु राष्ट्रका लागि राष्ट्रसङ्घका उपमहासचिव रबाब फतिमासँग भेटवार्ता गर्नुभएको थियो ।
त्यस अवसरम उहाँहरुबीच नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको साझेदारीका साथै दोहा कार्ययोजना कार्यान्वयनबारे छलफल भएको थियो । नेपालको अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति, सहज सङ्क्रमण र अल्प विकसित राष्ट्रहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनबारे पनि छलफल भएको उक्त नियोगले जनाएको छ ।
सम्मेलनका क्रममा परराष्ट्र सचिव लम्सालले युक्रेनका राष्ट्रपतिको कार्यालयका उपप्रमुख इगोर झोभ्केभासँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरुबीच अन्तर्राष्ट्रिय मञ्चमा नेपाल–युक्रेन साझेदारीबारे पनि छलफल भएको थियो । साथै उहाँले स्टोनियाको प्रतिनिधिमण्डलकी नेत्री मिन्ना–लिना लिन्डलाई भेटेर राष्ट्रसङ्घीय सहायता प्रारुपमा रहेर नेपाल–स्टोनिया सम्बन्ध विस्तारबारे विचार–विमर्श गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै