+

प्रधानमन्त्रीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।  प्रधानमन्त्रीले आफ्नो कार्यकालको एक  वर्ष पुगेको अवसरमा मंगलबार देशवासीको नाममा सम्बोधन गर्न लाग्नुभएको हो । 

प्रधानमन्त्रीले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभएको छ ।  प्रेस सल्लाहकार आचार्यका अनुसार प्रधानमन्त्रीले सम्बोधनमा एक वर्षमा सरकारले गरेका उपलब्धि प्रस्तुत गर्नुहुनेछ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका दाहाल २०७९ पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको हो । सत्तागठबन्धनको आडमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका दाहाल प्रधानमन्त्री भने नेकपा एमालेको आडमा बन्नुभएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट