
काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीबाट) पदोन्नति हुनुभएका चार प्रहरी अधिकृतलाई आज प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको आइतबारको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चारजना प्रहरी नायव महानिरीक्षकहरूलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उहाँहरूलाई दज्र्यानी चिह्न प्रदान गर्नुभयो । पदोन्नति हुनुहुने प्रहरी नायव महानिरीक्षकहरूमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारी हुनुहुन्छ ।
गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाहलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।
त्यस अवसरमा महानिरीक्षक कुँवरले राष्ट्र, जनता र सङ्गठनप्रति गरेको योगदान, कार्यक्षमता लगायत बढुवाका सम्पूर्ण आधारहरूको मूल्याङ्कन गरी पदोन्नति गरिएको बताउनुभयो ।
पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो– ‘राज्य र सङ्गठनले तपार्इंहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका, उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा राखेको छ, जसमा खरो उत्रिनु हुनेछ भनी विश्वास लिएको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा