
काठमाडौँ । सहकारी ठगीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै नेपाल विद्यार्थी संघ र तरुण दलले शनिबार साँझ मसाल जुलुस निकालेका छन् । कांग्रेसले आइतबार काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शनको आयोजना गरेको छ ।
सहकारी ठगीमा संलग्न लामिछानेमाथि छानबिनको माग उठाएर कांग्रेसले साढे दुई महिनादेखि संसदीय छानबिनको माग उठाउँदै आए पनि सरकार गम्भीर नबनेपछि सडकबाट समेत दबाब दिने उद्देश्यले कांग्रेसले आइतबार विरोध प्रदर्शन गर्न लागेको हो ।
तरुण दलका केन्द्रीय सदस्य निरञ्जन थापाको संयोजकत्वमा शनिबार साँझ गोगंबुमा मसाल जुलुस निकालिएको थियो । नेविसंघका सदस्य बिजयी ढुंगानाका अनुसार सहकारीको बचत अपचलन गर्ने उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन समिति तत्काल गठन गर्न माग गर्दै मसाल जुलुस निकालिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह