
काठमाडौँ । तराई/मधेस द्रुत मार्ग सडक आयोजनाअन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलिएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर १ हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा रक्षामन्त्री श्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति महारथी प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा, रथीवृन्दलगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैरसैनिक व्यक्तिको उपस्थिति थियो । धेद्रे सुरुङमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको छ ।
यसैगरी, यही जेठ ४ गते लेनडाँडा सुरुङमार्ग जोडेर काठमाडौँबाट निजगढतर्फको १ हजार ६ सय ३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो । सोही अवसरमा रक्षामन्त्री उप्रेतले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन गर्नुभएको निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह