
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सदनको गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति भइसकेकाले कार्यादेशमा नयाँ शिराबाट सहमति खोज्न पार्टीले भूमिका निर्वाह गर्ने निर्णय गरेको उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेससँग छलफल गरी सदनको गतिरोध अन्त्य गर्न पार्टीका तर्फबाट पहल गर्ने जानकारी दिनुभयो । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख गर्ने कि नगर्नेमा विवाद छ ।
हिजोको बैठकले १० औँ राष्ट्रिय महाधिवेशनको दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने र महाधिवेशन तयारीका लागि थप छलफल गर्न सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको दशौँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै