
झापा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा संचार माध्यमले विषयान्तर गर्न नहुने बताउनुभएको छ । एमाले अध्यक्ष ओलीले सिरोहियालाई फौजदारी आरोपमा पक्राउ गर्दा लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको खतरा मान्न नहुने समेत प्रष्ट्याउनुभयो ।
‘एउटा मिडियाले लेखेकै भरमा पक्राउ पुर्जी जारी गर्नुपर्ने भन्ने सञ्चारकर्मीको प्रश्नमा उनी थप्छन्, ‘के लेखेको भरमा पक्राउ पुर्जी जारी गरेको ? के लेखेको आरोप उनीमाथि लागेको हो ? के छ ?’ बिहीबार मोरङमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो– मलाई त्यति थाहा भएन । के लेखेको विषयमा भनेको छ सरकारले ? के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारले ? त्यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । देशमा सबै कानुनका मातहतमा छन् भन्ने कुरा बुझ्नु र मान्नुपर्छ ।’
एमाले अध्यक्ष ओलीले यो प्रकरणमा विषयान्तर गर्न नहुने टिप्पणी गर्नुभयो । ‘त्यसमा विवादका विषय हुन सक्दछन्, तर उनलाई जन्मकैद गर्न खोजिएको होइन’ उहाँले भन्नुभयो – कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।’
ओलीले कानुन सबैलाई समान हुने प्रष्ट्याउनुभयो । ‘त्यस सम्बन्धमा फौजदारी कुरा होला । यस सम्बन्धमा सरकारले छानविन गर्नुपर्ने देख्यो भने कोही समाउँदा, मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरि हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने ? डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ?’ उहाँले भन्नुभयो– ‘एक जना मिडिया हाउसका मान्छे गिरफ्तार भए । सही हो कि गलत भयो, म त्यता जान चाहन्न । टाइमिङ ठीक भयो कि भएन, त्यो बेग्लै कुरा होला । तर, डमोक्रेसी नै खतरामा परिहाल्यो त ? के सञ्चारका हकहरू खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । जे यथार्थ हो, त्यही गर्नु राम्रो हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै