
प्रकाश बराल ‘आँशु’
कालिकोट । कालिकोटमा जीप दुर्घटना, ७ जना घाइते भएका छन् ।घाइते सबैको अवस्था गम्भीर छ ।
सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको बोलेरो जीप गाउँपालिकाको वडा नम्बर ६ स्थित गाढ खोलामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेहरू सबै वडा नम्बर ६ हाउडीकै रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा २३ वर्षीय देउके आचार्य, ३३ वर्षीय ऐन खत्री, ६० वर्षीय तीर्थ खत्री,२२ वर्षीय विष्णु शाही, १८ वर्षीया पूजा शाही, ४० वर्षीया महिला र दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका स्थायी घर भएका चालक २६ वर्षीय दीपेन्द्र चौलागाई घाइते हुनुभएको छ ।
घाइतेलाई एक विद्यालयमा राखेर प्राथमिक उपचार भइरहेको र दुर्घटनामा परेका अधिकांशको अवस्था गम्भीर भएकाले हेलिकोप्टरको पर्खाइमा रहेको वडा नम्बर ६ का पुर्व अध्यक्ष कर्ण बहादुर खत्रीले जानकारी दिनुभएको छ ।
खत्रीले घाइतेको जटिल अवस्थाबारे जिल्ला प्रशासनलाई जानकारी गराए पनि हेलिकोप्टर आउन ढिलाइ भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले घाइतेको अवस्था गम्भीर भए पनि उद्धार सजिलो नभएको बताउनुभएको छ । ‘ दुर्घटनाका घाइतेको अवस्था गम्भीर छ, तर सुत्केरीको उद्धार जस्तो सजिलो छैन’ उहाँले भन्नुभयो – ‘हेलिकोप्टर आउने कुरा निश्चित भइसकेको छैन ।’
घाइतेको उद्धारको लागि स्थानीय तहले आर्थिक दायित्व लिने पत्र नपठाएको नेपालीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह