
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।
विभिन्न सहकारीको रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने समेत संलग्नता रहेको बताउँदै आएको कांग्रेसले संसदीय छानविन समिति माग गर्दै प्रदर्शन गर्न लागेको हो ।
कांग्रेसको बधुबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले संसदीय छानविनको माग गर्दै काठमाडौँसहित मुलुकको विभिन्न ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
जेठ ११ गते काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिनुभएको छ । त्यसपछि उपत्यका बाहिर पनि प्रदर्शन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
कांग्रेसले संसदीय छानविन समिति माग गर्दै संसद अवरुद्ध पार्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह