
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकै इसारामा प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै सञ्चारमाध्यमहरूले प्रेस ऐक्यबद्धता जनाएका छन् ।
मिडिया अलायन्स नेपाल र मिडिया सोसाइटीमा आबद्ध दैनिक पत्रिकाहरूले पहिलो पृष्ठमै तथ्य डग्दैन, कलम झुक्दैन भन्दै प्रेस ऐक्यबद्धता जनाएका हुन् । विशेष घटनाका बेला सम्पादकीय र विशेष सम्पादकीय लेख्ने ठाउँमा पत्रिकाहरूले बुधबार प्रेस ऐक्यबद्धता जनाएका हुन् ।
राजधानीबाट प्रकाशित हुने दैनिक पत्रिकाहरूले पहिलो पृष्ठमै अध्यक्ष सिरोहिया पक्राउ घटनालाई प्रमुखताका साथ छापेका छन् । अन्नपूर्ण पोस्ट, हिमालय टाइम्स, राजधानी, नेपाल समाचार पत्र, मध्याह्न दैनिक, आर्थिक अभियान दैनिक, द हिमालयन टाइम्स अंग्रेजी दैनिकलगायतका पहिलो पृष्ठमा प्रेस ऐक्यबद्धता जनाउने सामग्री छापिएका छन् ।
अधिकांश दैनिक पत्रिकाले प्रेसविरोधी सरकारविरुद्ध विशेष सम्पादकीय भन्दै कालो पोतेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह