
काठमाडौँ। संचार क्षेत्रमा मुलुकै अग्रणी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।
अध्यक्ष सिरोहियालाई ‘नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान’ को लागि भन्दै प्रहरीले मंगलबार कान्तिपुर मुख्यालय थापाथलीबाट पक्राउ गरेको हो । अध्यक्ष सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
संचार क्षेत्रसँगै अन्य विभिन्न व्यवसायमा समेत संलग्न सिरोहियालाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुग्नुभएको थियो । प्रहरीले सिरोहियालाई पक्राउ लगत्तै मंगलबार धनुषाको जनकपुर लैजाने तयारी गरेको छ ।
सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो । अदालतको अनुमति लगत्तै प्रहरीले सिरोहियालाई पक्राउ गरेको हो । कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ परेको यो दोस्रो पटक हो । सिरोहियालाई प्रहरीले यसअघि २०५८ सालमा तत्कालीन अवस्थामा राज्यद्वारा ‘आतंककारी’ घोषित डा बाबुराम भट्टराईको राजदरबार हत्याकाण्ड सम्बन्धी लेख प्रकरणमा पक्राउ गरेको थियो । त्यसबेला कान्तिपुरका तत्तकालीन सम्पादक युवराज घिमिरेसहित अध्यक्ष सिरोहियालाई पनि पक्राउ गरेको हो । त्यसबेला मुलुकको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो ।
नेपालमा पत्रकारितालाई व्यवसायिक रुपमा स्थापित गराउनमा कान्तिपुरको उल्लेखनीय योगदान र भूमिका छन् । कान्तिपुरले पत्रकारिताको माध्यमबाट विभिन्न खाले निरंकुशताविरुद्ध निर्भिक रुपमा प्रस्तुत हुँदै आएको छ । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते मंगलबार चालेको सक्रिय राजतन्त्रविरुद्ध सशक्त रुपले प्रस्तुत भएको कान्तिपुरले २०६२, ०६३ को जनआन्दोलन तथा लोकतन्त्रको पक्षमा अविस्मणीय योगदान दिएको छ ।
अध्यक्ष सिरोहियाले प्रहरीले पक्राउ गर्नुअघि भिडियो क्लिपमार्फत कान्तिपुरले २०६२, ०६३ को जनआन्दोलनमा खेलेको भूमिका स्मरण गराउँदै आगामी दिनमा पनि कान्तिपुर बिचलित नहुने प्रतिवद्धता जनाउनुभएको छ । अध्यक्ष सिरोहियाले आफूलाई पक्राउ गरेर वर्तमान सरकारले संचारलाई तर्साउन खोजेको आरोप लगाउनुभएको छ । अध्यक्ष सिरोहियाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले २ वटा राहदानी प्रयोग गरेको सुनाउँदै उहाँमाथि पनि कारबाही गरिनुपर्ने बताउनुभयो । अध्यक्ष सिरोहियाले राहदानी र सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेलाई संचारले कठघरामा उभ्याएरै छाड्ने चेतावनी समेत दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै