
बाग्लुङ । आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएबो अनौठो दृश्य देखियो ।
कार्यक्रममा पुगेका बाग्लुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई मायाको चिनो दिन उद्घोषकले बोलाए । मायाको चिनोको व्यवस्थापन मिलाउने त्यहाँका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अतिथिलाई निगालोको सानो डोकोमा रायोको साग हालेर थमाउनुभयो ।
बाग्लुङबाट पुगेका धेरै अतिथिले अचम्म र अनौठो मानेर फोटो खिचाएनन् मात्रै सामाजिक सञ्जालमा स्थानीय उत्पादनको प्रवद्र्धन भएको भन्दै धेरेले प्रशंसा समेत गरेका छन् । मायाको चिनो भनेपछि कुनै आयातित सामग्री वा सजावटको सामग्री होला भन्ने धेरैले अड्कल गरे पनि स्थानीय उत्पादन रायोको सागले भरिएको सानो निगालोको चोयाका डोको उपहार पाउदा अतिथि दङ्ग परेका बागलुङ नगरपालिकाका नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
‘रायडाँडाको रायोको साग भनेपछि बजारमा खोजेरै खाइन्थो । औपचारिक कार्यक्रममा निगालोको सानो डोकोमै मायाको चिनो आउला भनेर कसैले सोचेनौँ’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो– स्थानीय निगालोबाट बनेको डोको र रायोको सागको प्रवद्र्धनका लागि यो निकै राम्रो कामको शुरुवात भएको छ । कार्यक्रममा प्रयोग हुनुका साथै स्थानीय उत्पादनलाई मायाको चिनो दिने अभियान थालेका छौँ ।’ उहाँका अनुसार नगरपालिकाको सबैभन्दा टाढाको गाउँका रुपमा रहेको वडा नम्बर ११ रायडाँडा कृषिमा निकै सम्भावना भएको गाउँ हो ।
रायडाँडाको धारापानीका किसानले साग बिक्रीबाटै मनग्य आम्दानी गर्दै आएकाले थप प्रचारप्रसारका लागि मायाको चिनोका रुपमा चोयाबाट बनेको डोकोमा साग हालेर दिइएको बाग्लुङ–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । साग खाने र डोको सजाएर राख्न सकिने भन्दै स्थानीय उत्पादनसँग वडा कार्यालय जोडिन खोजेको उहाँको भनाइ थियो ।
‘यहाँ उत्पादन भएको रायोको साग निकै स्वादिष्ट हुन्छ । स्थानीय बजारका साथै पोखरासम्म पुग्ने गरेको पाएका छौँ । सुरुमा सहकारीमार्फत सागको बजारीकरण गर्न बानी बसालेका थियौँ । अहिले कृषक आफैँ बजारमा साग पु¥याउनुहुन्छ’ गौतमले भन्नुभयो, ‘बाग्लुङ नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, जिल्लाका क्रियाशील पत्रकारलाई मायाको चिनो दिँदा सागको माग बढ्ने र यहाँको उत्पादनले बजार पाउने अपेक्षासहित १३ जना अतिथिलाई डोकोमा राखिएको साग उपहार दिएका हौँ ।
रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मनिर्भर रहेको छ । यहाँका किसानले तीन महिनादेखि दैनिक एक जिपभरी सागमात्रै बाग्लुङ बजार पठाउँदै आएका स्थानीय हिराबहादुर थापाले बताउनुभयो । यहाँका बालिका, रुद्रबहादुर, दलबहादुर, चन्द्रबहादुर, तिल माया र टीकाबहादुर थापाले वार्षिक २ लाख लाख रुपैयाँ सम्म सागबाटै कमाउने गरी पाखोबारीभरी खेती गर्दै आएका उहाँले जानकारी दिनुभयो ।
‘एक वर्षमा रायोको सागमात्रै बिक्री गरेर एउटा किसानले ३ न लाखसम्म कमाएको तथ्याङ्क छ । बजारमा मूल्य भने स्थिर छैन । अहिले धारापानीबाट एउटा जिपभरी साग मात्रै बजार जान्छ । कहिले धेरै कहिले थोरै मूल्य पर्छ । न्यूनतम २० रुपैयाँमा एक मुठो बिक्री हुन्छ । व्यापारीले यहाँको साग पोखरा पठाएको समेत पाएका छौँ’ किसान थापाले भन्नुभयो– ‘यहाँको कालो माटोमा रायोको साग निकै झाङ्गिन्छ । एकपटक कसैले यहाँको साग खाएमा अर्कोपटक माग आइहाल्छ । हामीले माग र उत्पादनलाई मिलाउन नसकेको मात्रै हो ।’ बजारका तीन पसलमा रायोको साग पाइन्छ भनेर बजारवासीलाई अवगत भइसकेको भन्दै रायाडाँडाको साग ‘ब्राण्ड’ बन्दै गएको उहाँले बताउनुभयो ।
रायडाँडा बसाइँ सराइको चपेटामा रहे पनि धारापानी भने बगर बस्ती भएकाले यहाँबाट कम बसाइँसराइ हुने गरेको छ । यहाँका स्थानीयले रायोको सागसँगै मूला, काउली र बन्दासमेत उत्पादन गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो