
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधकाबीच प्रतिनिधिसभाले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठक शुरु हुना साथ कांग्रेसका सांसदले वेलमा नाराबाजी गरिरहे । तर सभामुख देवराज घिमिरेले कांग्रेस सांसदहरुको अवरोधका बाबजुद राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गर्नुभएको थियो। सभामुखले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा विपक्षी दलका सांसदहरु नाराबाजीमै व्यस्त थिए ।
सत्तारुढ सांसदहरु भने आआफ्नो सिटमा बसेका थिए । सभामुख घिमिरेले धन्यवाद प्रस्तावको विपक्षमा मत नआएको भन्दै सर्वसम्मतले पारित भएको घोषणा गरेका गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सांसदहरुको अवरोधकाबीच राष्ट्रपतिले संघीय संसदको बैठकमा प्स्तुत गर्नुभएकोलसम्बोधनको प्रति प्रतिनिधिसभामा टेबल गर्नुभएको छ । प्रधानमन्त्रीलाई रोष्ट्रममा जाने बेलामा सभामुखले आवश्यक सुरक्षा व्यवस्था गर्न मर्यादापालकलाई निर्देशन दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह